Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


इयु आयोगद्वारा रूसमाथि १९ औं प्रतिबन्ध प्याकेजकाे प्रस्ताव


455
Shares

एजेन्सी । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले रूसमाथि प्रतिबन्धको १९ औं प्याकेजको लागि आयोगको प्रस्ताव घोषणा गर्नुभएको छ ।

जुन मुख्यतया ऊर्जा र वित्तीय क्षेत्रहरूलाई लक्षित गरेको हाे । शुक्रबार जारी विज्ञप्तिका अनुसार युरोपेली संघले ब्लकको बजारमा रूसी तरल प्राकृतिक ग्याँसको आयातमा प्रतिबन्ध लगाउने र रूसी कच्चा तेलको मूल्य सीमाप्रति ब्यारेल ४७ दशमलव ६ अमेरिकी डलरमा घटाउने योजना बनाएको छ ।

रूसी ऊर्जा कम्पनीहरू रोसनेफ्ट र ग्याजप्रोम्नेफ्टले पूर्ण व्यापार प्रतिबन्धको सामना गर्ने भएका हुन् । इयुले रूस र अन्य देशहरूमा बैंकहरू संलग्न लेनदेनहरूमा प्रतिवन्ध पनि विस्तार गर्ने भएकाे छ । इयुले पहिलो पटक प्रतिबन्धहरूमा क्रिप्टोकरेन्सी प्लेटफर्महरू समावेश गर्ने भएकाे हाे ।

इयु प्रक्रियाहरू अन्तर्गत प्रतिबन्धहरूको नयाँ चरण लागू हुनुअघि सबै २७ सदस्य राष्ट्रहरूले सर्वसम्मतिले अनुमोदन गर्नुपर्छ ।