Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


कार्यपालिकासहित राज्यका ३ अंगमाथि भएको आक्रमणको छानविन गरी दोषीलाई कारबाही गर्न एमाले नेता गैरेकाे माग


429
Shares

काठमाडाैं । नेकपा एमालेका नेता ठाकुर गैरेले जेनजी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो माग गर्नुभएकाे हाे । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मूल आधार भएको उल्लेख गर्दै उहाँले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलहरुले आत्ममूल्यांकन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ । जेनजी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि उनीहरुका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

एमाले नेता गैरेले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभएकाे छ।