Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


दशैं मनाउन घर जानेको संख्या दैनिक रूपमा बढ्दै


442
Shares

काठमाडाैं । राजधानीबाट गाउँघरमा दशैं मनाउन जाने मानिसहरुको बसपार्कमा चहलपहल शुरु भएको छ ।

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको हाे । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैं मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरुले अझैं दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेनजी युवाकाे आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय र क्याम्पसहरु बिदा भइसकेका छन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किनेहरुको बसपार्कमा चहलपहल बढेको हो ।

गत वर्षहरुमा यातयात व्यवसायीहरुले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैंको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेकाे ट्राफिक प्रहरीले जनाएको छ ।

यस वर्ष दशैंको टीका असोजको १६ गते रहेको छ ।