Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


विशेष महाधिवेशनकाे बारेमा निर्णय गर्न छिट्टै कांग्रेसकाे कार्यसम्पादन समिति बैठक बस्ने


1.8k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्य सम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताउनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको विशेष महाधिवेशन गर्ने-नगर्ने भन्ने बारेमा निर्णय गर्न छिट्टै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उहाँको भनाइ छ । जेनजी आन्दोलनको क्रममा कांग्रेस जस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको बताउदै उहाँले खेद व्यक्त गर्नुभयो ।

जेनजी पुस्ताको सहभागिता र उनीहरुको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरु गम्भीर रहेको समेत नेता रिजालले बताउनुभएकाे छ । गत भदौ २३ र २४ मा भएको जेजी पुस्ताको आन्दोलनको क्रममा कांग्रेसको केन्द्री तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरुमा समेत व्यापक क्षति भएको छ ।

याेसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण बहस चुलिएको छ । अन्य राजनीतिक पार्टीभित्र पनि यस प्रकारकाे बहस चलिरहेकाे छ ।