
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
साेही विस्फोटमा परी एक जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै रहेको चमन जिल्लाको ट्याक्सी स्ट्यान्डमा बिहीबार विस्फोट भएको थियो । उद्धार ११२२ का अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ ।
घाइतेहरूको अवस्था गम्भीर रहेकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको र सुरक्षा बलले घटना क्षेत्रलाई घेराबन्दी गरेको जनाएकाे हाे । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्