
काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
त्यस्तै, शनिबार दिउँसाे भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । साथै देशका बाँकी पहाडी-तराई भू-भागमा आंशिक बदली हुने भएकाे छ। कोशी, बागमती, मधेश, गण्डकी प्रदेश र देशको बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, शनिबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली हुने भएकाे हाे । साथै बाँकी भू-भागमा भनेआंशिक बदली हुने भएकाे छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्