Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस


0
Shares

काठमाडौं । ११औँ संविधान दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री शुशीला कार्की, सभामुख देवराज घिमिरेल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल लगायको उपस्थिति थियो।

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन्।

नेपालको संविधान २०७२ दश वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संविधान दिवस मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो।