Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


लेखा अधिकृत एक लाख घुससहित पक्राउ


6.4k
Shares

काठमाडौं । लेखा अधिकृत कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरेको हो।

डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।