Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

नेपालले भोगको क्षतिप्रति सहयोग गर्ने प्रधानमन्त्री मोदीकाे प्रतिवद्धता

2k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको हाे । दुई प्रधानमन्त्रीकाबीचमा करिब आधा घण्टा संवाद भएको छ। साेही संवादका क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनुभएकाे मन्त्रालयले जनाएकाे हाे ।

पछिल्लो घटनाक्रमका कारण देशले भोगको क्षतिप्रति आफू दु:खी रहेको बताउदै प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग दिन तयार रहेको धारणा राख्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिंदै साथ सहयोगको अपेक्षा गरेको बताउनुभएकाे हाे ।

प्रधानमन्त्री मोदीले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालकी प्रधानमन्त्री कार्कीसँग टेलिफोन संवाद भएकाे बारेमा जानकारी समेत गराउनुभएकाे छ । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग न्यानो कुराकानी भएकाे उहाँकाे भनाइ थियाे। त्यसैगरी शुक्रबार हुने नेपालको राष्ट्रिय दिवसको अवसरमा समेत प्रधानमन्त्री कार्की र नेपाली जनतामा हार्दिक शुभकामना समेत उहाँले व्यक्त गर्नुभएकाे छ ।