काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९०० रुपैयाँले घटेको हो।
अघिल्लो दिन बुधबार तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।




                
प्रतिक्रिया दिनुहोस्