
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा पनि दीप प्रज्वलन गरेको छ ।
काठमाडौंको माईतीघर मण्डलामा बुधबार साँझ महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशैभरी ७४ जनाको मृत्यु भइसकेकाे छ ।
साेही आन्दोलनमा परी सयौं घाइते भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्