
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ।
काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिंदै उनीहरुले परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।
उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरेका हुन् । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशैभरी ७४ जनाको मृत्यु भएको छ ।
साेही आन्दोलनमा परी सयौं घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्