Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई


1.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको उहाँको भनाइ छ । उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा देशैभरी भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि बताउनुभयो ।

संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको स्मरणका रुपमा देशैभरी मनाउने पनि उहाँको भनाइ छ । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको समेत बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस नेताहरुले बुधबार ने एमालेको क्षतिग्रस्त केन्द्रीय कार्यालयका संरचनाहरुको अवलोकन समेत गरेका छन् ।