
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ ।
गत भदौ २४ गते भएको जेनजी युवाहरूको आन्दाेलनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोड्फोडमा परेर खनालकी पत्नी चित्रकार गम्भीर घाइते हुनुभएकाे थियाे। उहाँको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेकाे छ । एक सदस्यले दिएको जानकारी अनुसार मंगलबार ऊर्जामन्त्री घिसिङले खनाललाई फोन गरेकाे बुझिएकाे छ।
खनाल पत्नी चित्रकारले विगतमा ऊर्जामन्त्री घिसिङलाई अध्यापन गराएकाे समेत जनाएकाे छ । गुरुआमाको स्वास्थ्य अवस्थाकाे बारेमा बुझ्न मंगलबार ऊर्जामन्त्री घिसिङले फोन गर्नुभएको थियो ।अहिले स्वास्थ्य विस्तारै सुधार हुँदै गएको जानकारी पूर्वप्रधानमन्त्री खनालले गराउनुभएको ऊर्जामन्त्री घिसिङकाे सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्