Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


संसदीय समितिका गाडी फिर्ता गर्दै सभापति


1.5k
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै संसदीय विषयगत समितिका सभापतिहरुद्वारा संसद सचिवालयबाट लिएका गाडीहरु धमाधम फिर्ता गर्ने काम भइरहेकाे छ ।

१२ वटा विषयगत समितिमध्ये हालसम्म ६ समितिका सभापतिले गाडी फिर्ता गरि सक्नुभएकाे छ । सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले गाडी बुझाउनुभएको हो।

अन्य फिर्ता गर्नेमा महिला तथा सामाजिक मामिला समितिका किरण कुमार साह, अर्थ समितिका सन्तोष चालिसे, शिक्षा समितिका अम्मरबहादुर थापा, कृषि समितिकी कुशुमदेवी थापा र एमाले सचेतक सुनिता बराल हुनुहुन्छ।

संसद सचिवालयको सवारी शाखाका अनुसार बाँकी सभापतिहरूले गाडी वा चाबी फिर्ता गर्न बाँकी छ। फिर्ताका लागि सात दिनको समय तोकिएको छ।