Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


निजामती कर्मचारीकाे दरबन्दी २० प्रतिशतले कटाैती गर्ने सरकारकाे तयारी


5.6k
Shares

काठमाडौं । सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ ।

मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको हो । हाल संघमा ५१ हजार भन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो संख्या करिब १० हजारले घट्ने भएकाे छ ।

साेही दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने एक सचिवले बताएका हुन्। यसका लागि आवश्यक प्रस्ताव आगामी असोज २० गतेभित्र तयार गर्ने निर्णय गरिएको छ । जसका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी सरकारले गरेकाे जनाइएकाे हाे ।