
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालका दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ ।
समितिले मंगलबार एक सूचना जारी गर्दै दशैंका विभिन्न साइत सार्वजनिक गरेको हाे । आगामी असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिनुभएकाे छ। त्यस्तै, असोज १६ गते बिहीबार ११: ५३ बजे दशैंको टीकाको शुभसाइत रहेको उहाँले बताउनुभयाे ।
२०८२ सालको विजया दशमीका शुभसाइतहरू तल उल्लेख गरिएकाे छ:
# २०८२ साल असोज ६ गते नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे
# २०८२ साल असोज ७ गते झण्डा फेर्ने, बिहान ९: ५३ बजे
# २०८२ साल असोज ११ गते श्रीपचलीभैरव यात्रा
# २०८२ साल असोज १३ गते फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
# २०८२ साल असोज १४ गते महाष्टमी, कालरात्री
# २०८२ साल असोज १५ गते महानवमी स्थिरासन बिहान ९:२३ बजे
# २०८२ साल असोज १६ गते विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १:१७ बजे, खड्गयात्रा ।
# २०८२ साल असोज २० गते अखिलबलिपूर्ति ।
# २०८२ साल असोज २० गते कोजाग्रतव्रत, पूर्णिमाव्रत

प्रतिक्रिया दिनुहोस्