
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशनकाे माग गर्नुभएकाे छ।
उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष चर्किएको समयमा नेता दाहालले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव अघि सार्नुभएकाे छ।
तत्काल विशेष महाधिवेशनमा जाने र प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गर्न समेत उहाँले माग गर्नुभयाे । उहाँले हिम्मत हुनेले ढ्वाङ थाप्ने कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्ने उहाँको भनाइ छ। मान न मान, मै तेरा मेहमान, अब असम्भव ।’

प्रतिक्रिया दिनुहोस्