
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र डा.सन्दुक रूइतबीच तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता भएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्कीले डा. रूइतसँग छलफल गर्नुभएकाे हाे । तर मन्त्री बन्ने प्रस्तावबारे सोध्दा डा.रूइतले भने, “यत्रो आँखा अस्पतालमा काम छ, बिरामीलाई छाडेर मन्त्री हुन जान्नँ।” प्रधानमन्त्री कार्कीले भने भेटको विषय खुलाउनुभएकाे छैन।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा हालसम्म ४ सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ भने ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्