Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


देउवा दम्पतिमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारसँग कांग्रेसकाे माग


5k
Shares

काठमााडौं । सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरू र देउवा दम्पतिमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले दोषीलाई तुरुन्त पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेको हो।

बैठकले भ्रष्टाचारविरुद्ध युवा पुस्ताले उठाएको आवाजलाई जायज ठहर गर्दै प्रदेश तथा संघीय सरकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ।

साथै, भदौ २३–२४ गते भएका हत्या, हिंसा, आगजनीलगायत घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा व्यापक क्षति भएको उल्लेख गरिएको छ।