
काठमाडौं । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे छ ।
प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति रहेकाे थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्