Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय

1.5k
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएकाे छ ।

सोमबार दिउँसो मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएकाे छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे थियाे ।