
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे छ।
उहाँले साेमबार सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि नेता बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएकाे छ।
राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज नबाँच्ने बताउदै नेता बास्कोटाले बताउनुभयाे । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्ने उहाँकाे जाेड छ ।

प्रतिक्रिया दिनुहोस्