Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


‘आगजनी र तोड्फोडमा पार्टीका कुनै कार्यकर्ता संलग्न भएको भेटिएमा कडा कारबाही होस्’: माओवादी केन्द्र (विज्ञप्तिसहित)


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड्फोड र लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारबाही गर्ने प्रष्ट पारेको छ ।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न समेत आग्रह गर्नुभएकाे हाे । उहाँले आफ्नै नेताहरुको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको बताउनुभयाे ।

यहि भदाै २३ र २४ गते जेनजी युवाले गरेकाे आन्दाेलनका क्रममा सरकारी कार्यालय र नेताका घर जलेर ध्वस्त भएकाे छन् । साेही क्रममा माओवादीका कार्यकर्ताहरु पनि आवद्ध भएर आगजनी र ताेड्फाेड गरेकाे भनेर हल्ला फैलिएकाे छ ।