Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘मेराे घर जलाएर ध्वस्त बनाउनुमा माओवादी केन्द्रको हात छ’: पूर्वमन्त्री बस्नेत


32.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त गर्नमा नेकपा माओवादी केन्द्रको हात रहेको आरोप लगाउनुभएको छ।

उहाँले आइतबार जसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको दावी गर्नुभएको हो। नेता बस्नेतले आफ्नो सिन्धुपाल्चोकस्थित घरको भग्नावशेषमा केही मानिसहरु जम्मा गरेर निकै समयसम्म भाषण सुनाउनुभएको थियो ।आफ्नो घर ध्वस्त पारिएकोमा उहाँले कडा आक्रोश पोख्नुभएको छ।

यहि भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनकाे क्रममा नेता बस्नेतकाे घर जलेर ध्वस्त भएकाे थियाे ।