
काठमाडौं । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
सर्वोच्चको आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चले सोही निर्णय यहि भदौ २६ गते जारी गरेको सूचनाको मितिले ३० दिनसम्म लागू हुने समेत जनाएको छ । यहि भदौ २३ र २४ गते जेनजी युवाले सर्वोच्चमा गरेको आगजनीले भौतिक संरचनामा क्षति पुगेका कारण नियमित रुपमा कामकारबाही गर्न नसकेको सर्वोच्चले जनाएको हो ।
सर्वोच्च आइतबारदेखि आफ्नो सेवा पुनः सुचारु गरेको हाे । जेनजी आन्दोलनका क्रममा तोड्फोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा शुरु गरेको छ । सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दीप्रत्यक्षीकरण रिट दर्ता लगायतका सेवा शुरु गरेको हो ।
अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्