Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द (पत्रसहित)


715
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधि सम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको हाे । विभागको संरचनामा तोड्फोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिक उपकरण र छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको छ ।

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधि सम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध गरिएकाे जारी सूचनामा भनिएको छ ।’