
काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ ।
पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज बोहोराले जानकारी दिए । शवको पहिचान खुलेको छैन ।
यही भदौ २३ गतेदेखि ‘जेनजी’को प्रदर्शनका क्रममा देशभर जनधनको ठूलो क्षति भएको छ । भदौ २४ गते देशभर तोडफोड र आगजनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्