Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजी आन्दोलन : ज्यान गुमाउनेकाे संख्या ५५ पुग्याे


442
Shares

काठमाडौं ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ।

आन्दोलनमा घाइते भएका थप चार जनाको उपचारका क्रममा मुत्यु भएपछि मृतकको संख्या ५५ पुगेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो ।

यस्तै, जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ । आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो।

कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।