Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्की


1.339k
Shares

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्न लाग्नु भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो ।

कार्की शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनुभएकाे छ ।