Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथग्रहण


0
Shares

काठमाडौं, असोज ४ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

घिमिरे प्रमुख आयुक्तमा बिहीबारै नियुक्त भएका हुन् । रासस