११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सप्तकोशीमा ट्रक खस्यो, दुई जनाको मृत्यु


0
Shares

राजविराज, असार ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।

हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख ३५६ नम्बरको ट्रकमा को१क १०४३ नम्बरको स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोशी नदीमा खसेको थियो । (रासस)