Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजीलाई महेश बस्नेतको चुनौती-‘छानबिन मबाट सुरु गर’


8.424k
Shares

काठमाडाैं । एमाले नेता महेश बस्नेतले आफ्नै घरमा आगजनी र लुटपाटपछि कडा प्रतिक्रिया दिनुभएकाे छ।

उहाँले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भ्रष्टाचारी’ भन्दै टिप्पणी गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै छानबिन आफैँबाट सुरु गर्न चुनौती दिनुभएकाे हाे ।

“खुकुरी बीचमा राख, आरोप पुष्टि भए मलाई काट, नभए तिमी आफैँ काटिन तयार हो,” भन्दै उनले दोषी ठहरिए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनुभयाे । उहाँले आफ्नो वा आफूसँग सम्बन्धित व्यक्तिको नाममा हाल कुनै लगानी नरहेको दाबी गर्दै प्रमाणित गर्न सरकारलाई आह्वान गर्नुभएकाे छ । बस्नेतले पछिल्लो समय जेनजीकाे नाममा प्रदर्शनमा उत्रिएका व्यक्तिहरूलाई ‘अपराधी’ र ‘चोर’को संज्ञा दिनुभएकाे छ।