Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कार्की नेतृत्वको सरकारबाट सबै समुदायले न्याय पाउँछन्: उपेन्द्र यादव


3.107k
Shares

काठमाडौं । प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

शनिबार सामाजिक सन्जाल फेसबुकमार्फत उनले एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
‘मुलुकको विषम् परिस्थिमा आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपतीद्वारा प्रधानमन्त्री नियुक्त हुनु भाएकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिन चाहन्छु ।

सङघीयता, लोकतन्त्र, गणतन्त्र लगायत उप्लब्धिहरुको रक्षाका साथै संविधान र संविधानवादको सिद्धान्त र विधीको शासन स्थापित गर्न यहाँको अत्यन्त महत्वपूर्ण जिम्मेवरी रहेको छ । आर्थिक, सामाजिक र राजनीतिक रुपमा बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउन सक्नेछ भन्ने आशा गर्दछु ।

मुलुकमा कायम रहेको अराजकता, भ्रष्टाचार र अव्यवस्था जस्ता बिकृतीलाई अन्त्य गरी सुशासन कायम गर्न एवम निर्धारित समयमा निर्वाचन गराउने कार्यमा सदैव सहयोग, समर्थन र साथ रहने नै छ’, उनले भने ।