Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


वडासदस्य बन्ने हैसियत नभएकी सुशीला प्रधानमन्त्री : सूर्य थापा


62.5k
Shares

काठमाडौँ ।

नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई वडासदस्य जित्ने हैसियत पनि नभएको दाबी गरेका छन् । संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बनेकी उनलाई यस्तो टिप्पणी गरेका हुन् ।

‘वडासदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा रु राम राम राम !’ थापाले लेखेका छन्‌, ‘दुर्गा सुवेदी दाइ एकपटक सोसल मिडियामा भेटिएको उहाँकै यो फैसला पढेर सुनाइदिनुस न! आफैँले के राय लेख्नुभएको रहेछ ???’

पहिलो संविधानसभा भङ्ग भएपछि सर्वोच्च अदालतका वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षमा मन्त्रिपरिषद्‌ गठन भएको थियो । सरकारको सो निर्णयविरुद्ध परेको रिटमा पछि कार्कीले गरेको फैसलाको अंशलाई पनि थापाले फेसबुकमा शेयर गरेका छन्‌ ।