
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति प्रधानमन्त्री नियुक्त गर्नुभएकाे छ ।
जेनजी युवाको आन्दोलनपछि बनेको सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ। उहाँले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम गर्दै संक्रमणकाललाई निर्वाचनमार्फत पार लगाउने जिम्मेवारी पाउँनुभएकाे छ।
भदौ २३–२४ गतेको आन्दोलनपछिको परिवर्तनपछि कार्कीले जिम्मेवारी सम्हाल्नुभएकाे हाे । शुक्रबारको सपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सांसद सुमना श्रेष्ठ, विदेशी राजदूत र जेनजी युवाको सहभागिता थियो। राष्ट्रपति पौडेलले कार्कीलाई सफलताका लागि शुभकामना दिनुभएकाे छ।
सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै ‘तपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्।देश सफल होस् जनता बचून्, भन्ने कामना दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्