Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने

0
Shares

रमेश धमला

काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण गराउनुभएको हो । प्रतिनिधि सभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपति पाैडेल समक्ष सिफारिस गर्ने सहमति समेत भएको छ।

मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति पाैडेलबाट स्वीकृत हुने जनाएकाे छ । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको हाे।