
काठमाडाैं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशैभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परेका छन् ।
देशैभरी विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडर्फोड तथा आगजनी भएकाे हाे। आन्दोलनकै क्रममा युवाहरुले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको घरमा आगजनी तथा तोड्फोड गरेका हुन् । साेही क्रममा धनुषामा पनि विभिन्न नेताका घरमा आगजनी तोड्फोडभयो ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुले नेकपा एमाले सचिव रघुवीर महासेठको जनकपुरधामस्थित रहेको घरमा आगजनी गरेका थिए । आगजनीबाट महासेठको घर पूर्णरुपमा जलेको छ । त्यस्तै,नेपालि कांग्रेस नेता विमलेन्द्र निधीको जनकपुरधामस्थित मिल्स एरियामा रहेको घरमा आगजनी तथा तोड्फोड भएको छ ।
जनकपुरधाममै महोत्तरी २(ख) की प्रदेशसभा सदस्य सुरिता साहको घरमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । साह चढ्दै आएको गाडीका साथै ३ वटा मोटरसाइकल बाहिर निकालेर प्रदर्शनकारी युवाहरुले आगजनी गरेका थिए ।
कांग्रेस नेता शेषनारायण यादवको पिडारीमा रहेको घरमा समेत आगजनी गरिएको थियो । आगजनीबाट उहाँको घर पूर्णरुपमा जलेर नष्ट भएकाे छ ।
यता प्रदेशसभा सदस्य रामअशिष यादवको घरमा आन्दोलनकै नाममा लुटपाट समेत भएको हाे । लुटपाटकै क्रममा उहाँको घरमा आगजनी गरिएता पनि समयमै निभाइएका कारण घरमा क्षति पुग्न सकेन ।
प्रतिक्रिया दिनुहोस्