
काठमाडौं । जेनजी युवाकाे प्रदर्शनका क्रममा तीनकुनेमा रहेकाे प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुई वटा म्यागेजिन र हतकडीसहित अख्तर पक्राउ परेका हुन् । अख्तर सिंहदरबारको आगजनीमा समेत संलग्न रहेको पाइएको छ ।
त्यस्तै, सिराहकाे लहानका विसान साह, सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव र सिरहका सन्तोष मण्डल पनि पक्राउ परेका हुन् । उनीहरूको साथबाट लुटिएका सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैबीच सर्वोच्च अदालतको सुरक्षाका लागि तैनाथ प्रहरी गणबाट ९ थान हतियार कब्जा भएका छन् । अदालतमा आगो लगाइएपछि प्रदर्शनकारीले ती हतियार लुटेर लगेकामा थिए ।
सीसीटिभी फुटेज र सामाजिक संजाल तथा मिडियामा आएका भिडियाेका आधारमा हतियार लुट्नेमा संलग्न व्यक्तिको पहिचान भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्