काठमाडाैं । मधेश प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ ।
जेनजी पुस्ताको प्रदर्शनपछि भएको आगजनी र तोड्फोडपछि जनकपुरधामकाे जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरु जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको थियो ।
नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ । बजारहरु खुल्न थालेका छन् । हिँडडुल गर्न समेत सहज भएको हाे ।




प्रतिक्रिया दिनुहोस्