Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बानेश्वरमा ‘संविधानको रक्षा गर’ भन्दै नेविसंघको विरोध प्रदर्शन


7.9k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा प्रदर्शन गरेको छ। ‘संविधानको रक्षा गर’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ लगायतका नारासहित प्लेकार्ड बोकेर प्रदर्शनकारी सडकमा उत्रिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि यही मंगलबार (२४ भदौ) मा राजीनामा दिएका थिए। त्यसअघि सोमबार र मंगलबार जेनजीको विरोध प्रदर्शन भइरहेकै बेला सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवासमा आगजनी गरिएको थियो।

राजनीतिक दलका नेताहरूको निवासमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू बढेपछि नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षाका लागि परिचालन गरिएको छ।

Skip This