
बागलुङ ।
जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएकाे बताएका छन् ।
जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्