
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएको छ।
सोमबार र मंगलबार देशैभरी जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले यहि भदौ २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको त्रिविले जनाएको हो ।
त्रिविले बुधबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि साेही सूचना कायम रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्