Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल


0
Shares

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विषम परिस्थितिमा धैर्य, संयमता-सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताउनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पार्टीका सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन समेत आग्रह गर्नुभयाे । जेनजी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रित आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको उहाँकाे भनाइ छ ।

उहाँले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि उहाँले गर्नुभएकाे छ । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग समेत उहाँले गर्नुभयाे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :