
काठमाडौं । काठमाडौंका सडक केही युवाहरुले बुधबार बिहानदेखि हाल सरसफाईमा जुटेका छन् ।
आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सरसफाई गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन र नयाँ बानेश्वर सडक खण्डमा सरसफाई गरिरहेका छन् ।
सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज र पानीका बोतल लगायतका फोहोर उनीहरु उठाइरहेका छन् । सडकमा उनीहरुले जलाइएका जलेका मोटरसाइकल र टायरहरु पनि पन्छाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्