
काठमाडौँ ।
जेनजी आन्दोलनपछि उत्पन्न समस्याको समाधान खोज्न आज राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा औपचारिक वार्ता हुने भएको छ। नेपाली सेनाको आग्रह र राष्ट्रपतिको अपिलपछि जेनजीका प्रतिनिधिहरू समेत वार्तामा बस्न सहमत भएका हुन्।
स्रोतका अनुसार वार्तामा नयाँ नागरिक सरकार गठनलगायत संवेदनशील विषयमा छलफल हुनेछ। वार्ताको व्यवस्थापन स्वयं नेपाली सेनाले मिलाएको हो।
प्रतिक्रिया दिनुहोस्