
काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएर ध्वस्त बनाएका छन् ।
उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका हुन्। साेही घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् । आगजनी हुने भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले हेलिकप्टर मार्फत शिवपुरी लगेको छ।
त्यस अघि प्रदर्शनकारीले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र पार्टीका शीर्ष नेताहरूको निवास र कार्यालय जलाएका हुन्। राजधानीका अधिकांश क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थितिमा पनि भीड नियन्त्रण बाहिर गएकाे छ।
प्रतिक्रिया दिनुहोस्