Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


सबै कानूनी प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएको रास्वपा सभापति लामिछानेकाे दावी


13.767k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कानून बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दावी गर्नुभएकाे छ ।

ललितपुरकाे नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागार मुक्त हुनुभएकाे हाे । सोमबारदेखि उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको छ। सोही क्रममा लामिछाने पनि कारागार मुक्त हुनुभएकाे थियाे । कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेल मार्फत सन्देश जारी गर्दै उहाँले भविष्यमा आइपर्ने सबै कानूनी प्रक्रियाका लागि आफू तयार रहेको समेत दावी गर्नुभयाे ।

आम नागरिकको दवाव पछि सरकारले आफ्नाे रिहाइको लागि कानून बमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै कारागारबाट रिहा भएकाे उहाँकाे भनाइ छ । त्यसपछि सिधै आमनागरिक सामु आउन पाएकाे उहाँकाे तर्क थियाे । जसका बाबजुद पनि मुलुकको कानूनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानूनी प्रक्रियाका लागि तयार रहेको उहाँले जानकारी गराउनुभयाे ।

अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै सभापति लामिछानेले मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार अघि बढ्नुपर्ने कुरामा आफू स्पष्ट रहेकाे बताउनुभएकाे छ ।