
काठमाडाैं । कास्की कारागारबाट कैदीबन्दी भागेका छन् ।
जेनजी प्रदर्शनकारीले मंगलबार कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।
मंगलबार साँझ जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी जेनजी प्रदर्शनकारीले कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिट समेत गरेर कैदीबन्दीहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हाे।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४ सय ६६, ब्लक ‘बी’ मा ४ सय ८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्