Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


माओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा आगजनी


8.697k
Shares

काठमाडौं। जेनजी युवा प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आगजनी गरेका छन् ।

उनीहरूले मंगलबार साँझ अध्यक्ष दाहालको चितवनमा रहेको निवासमा आगजनी गरेका हुन् । उनीहरुले संघीय राजधानी सिंहदरबार, सवोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालय समेत जलाएर नष्ट गरेका छन् ।

योसँगै देशको शासन सत्ता समेत उनीहरुले आफ्नो कब्जामा लिएका हुन् ।